शनिबार, भदौ ६, २०७७- नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा सुनसरीकी ६ वर्षिया बालिका समेत रहेकी छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।