आज – ०५ भाद्र २०७७ (Aug 21, 2020) शुक्रवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रापनि हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक/सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ, तर स्वस्थयको विशेष ख्याल गर्नु पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । आर्थिक पक्षपनि कमजोर रहनेछ । स्वस्थप्रति बढी सजक हुन आवस्यक छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाईनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । प्रेमिको साथ पाईनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अत: वाणीमा लगाम लगाउन आवस्यक हुन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) शुभ कार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । (ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो)