पाँचथर ३२ श्रावण ।। पाँचथर जिल्ला स्थित पाँचथर क्लबले पछिल्लो समय पर्यटकको गन्तब्य बनेको मृदुङ्गा (मिःलुङ) झरनामा डस्टविन राखेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ३ र ४ को संगम स्थलमा रहेको उक्त झरना पछिल्लो समय पर्यटकको लागि आकर्षक गन्तबय बन्दै आएको छ ।

झरनाको चर्चा चुलिएसंगै पर्यटकहरुको बाक्लो उपस्थिती हुन थालेपछी त्यहाँ उत्सर्जन हुने फोहोर ब्यावस्थापन गर्न सजिलो होस भनी ४ थान डस्टविन प्रदान गरिएको पाँचथर क्लब पाँचथरका अध्यक्ष निशान शिवाकोटीले बताए । पाँचथर क्लब पाँचथरको सदरमुकाम बाट गएको कार्यसमितिको टोली झरना परिसरको सरसफाइ समेत गरेको थियो ।

हिलिहाङ गाउँपालिका वडा नं. ४ का श्री सीगुको रोहवरमा डस्विन हस्तातन्तरण गरिएको थियो । डस्टविन ग्रहण गर्दै वडाध्यक्ष सीगुले “मृदुङ्गा झरनामा सहयोग दाताको सहयोग प्राप्त हुन थाल्नु सुखद रहेको भन्दै गाउँपालिकाले यसको प्रवद्र्धनमा कुनै कसर बाँकी नराख्ने प्रतिकृया दिए ।”