साउन २७, २०७७: वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा सोमबार राति गरिएको परीक्षणमा थप ७० जनामा कोरोना पुष्टि भएको छ ।

डाक्टर, प्रहरी, थुनुवालगायत ७० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा ३ वर्षकी बालिका देखि ८६ वर्षीय वृद्धसम्म रहेका छन् । from:stv