कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो।

कोभिड-१९ तथा डाइबेटिज मेलिसस भई साउन १७ गते भर्ना भएका उनको गएराति ११ : ३५ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमान्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिएका छन्।

यसअघि प्रतिष्ठानमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको जनाइएको छ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ।