माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी ६ वर्षीया छोरी खुसुबु रहेकी छन्।

ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो।

ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। (रासस)