प्रतिनिधी सभा सदस्य र स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य र स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन्। नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएकाअनुसार शुक्रवार राति संक्रमण पुष्टि भएका ६४ जना मध्ये प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन्।