प्रदेश १ सरकारले कारोना संक्रमण र फैलावटको ‘ट्रेन्ड’लाई आधार बनाइ सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरेको छ ।

भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी र इलाम कोरोना संक्रमणका दृष्टिले सबैभन्दा धेरै जोखिममा रहेको प्रदेश सरकारले बताएको हो। जिल्ला मात्र नभएर त्यसभित्रका २० स्थानीय तह संक्रमणको जोखिममा रहेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उच्च जोखिम, जोखिम र कम जोखिम क्षेत्रलाई रेड, एल्लो र ग्रिनजोनका रूपमा वर्गीकरण गरी सरकारले स्वास्थ्य तथा अन्य गतिविधि सञ्चालन गर्ने प्रदेश संसदलाई जानकारी गराइसकेका छन् । from:stv