बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा खतरा रहेको जनाएको छ । केही दिनसम्म मनसुनको दोस्रो चरण अन्तर्गत भारी वर्षा भइरहँदा बाढी पूर्वानुमान महाखाशाले विभिन्न स्थानमा खतरा रहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार दैलेख, सुर्खेत र आसपास रातभर भारी वर्षा भएको तथा हाल लोहोरे खोला तल्लोटुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको सुर्खेत, दैलेख र आसपास भइ बहने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै सुदुरपश्चिमका कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम जिल्लाहरु र प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङसहित मध्यमदेखि भारी बर्षा तथा अन्य भूभागको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जनाइएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

साउन १४ गते (बुधबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १५ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १६ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । from:stv