भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा फेरि पनि ४८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका छन् । यसअघि शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा कुल संक्रमित संख्या १३ लाख ३७ हजार २२ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । from:stv