कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन अन्त्य भएको घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । सरकारले नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारको उक्त घोषणासँगै १२१ औँ दिनमा लकडाउन अन्त्य भएको छ।

तर, सामान्य अवस्थाको जस्तो अन्तर्राष्ट्रिय नाकाबाट साउन ३२ सम्म नेपाल प्रवेशमा रोक लगाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्थालाई भदौ १ सम्मलाई कायमै गरिएको छ ।