मनसुन सक्रिय भएसँगै मुलुकभर धनजनको तीव्र क्षति भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएपछि जेठ ३० यता मुलुकभर पहिरोमा परी १ सय ११ बढीले ज्यान गुमाइसकेका छन् भने ४३ जना बेपत्ता छन् ।

अविरल वर्षापछि आएको बाढीले ३ जनाको मृत्यु, ५ जना बेपत्ता र १ जना घाइते छन् । देशभर मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक र नेपालतिर सर्ने क्रमले गर्दा बदली भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले गएको आइतबारदेखि लगातार ६ दिनसम्म पानी पर्ने अनुमान गरिएको छ ।

अहिलेसम्म क्षति पुगेको मध्येमा सिन्धुपाल्चोकलगायत पहाडी भू–भागमा रहेका छन् । वर्षाले गर्दा मुख्य नदि तथा खोलामा समेत बहाब बढी त्यस आसपासका बस्ती डुबानमा पारेको छ । त्यस्तै मुख्य राजमार्ग, सडक, विद्युत्मा व्यापक क्षति पु¥याएको छ ।

काठमाडौं उपत्यकामै हनुमन्ते खोलाको बहाब बढ्दा भक्तपुरको राममन्दिर, बाराहीस्थान, राधेराधे, बालकोट लगायतका स्थानका बस्तीमा बाढी पसेको छ । ललितपुरको कर्मनाशा खोलाको बहाब बढी महालक्ष्मी नगरालिका क्षेत्रमा क्षति पु¥याएको थियो । सोही खोलाको भेल पस्दा ललितपुरकै किस्ट अस्पतालले आकस्मिकबाहेक सेवाबन्दगर्नु प¥यो ।

मंगलबार नारायणी नदीको बहाव उच्च हुँदा सुस्ताकादुई सय बढी घर डुवानमा परे । पहिरो खस्दा पृथ्वीराजमार्ग, बीपी राजमार्ग अवरुद्ध हुनुका साथै पुलसमेत बगाएको छ ।

यता जल तथा मौसम विज्ञान विभागले हिउँद र प्रिमनसुनमा बढी वर्षा भएकाले मनसुनमा बाढीपहिरो बढेको जनाएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन शुरु हुने बित्तिकै ठाउँठाउँमा पहिरोका घटनाहरु भएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मंगलबार उनले साउन ९ गते शुक्रबारसम्म वर्षा हुने र यसपछि क्रमिक रुपमा कम हुँदै जाने बताए ।

वर्षाका कारण पानीको बहाव मुख्य नदी तथा खोलामा पर्ने भएकाले त्यस आसपासका बस्तीमा जोखिम हुने भन्दै सुरक्षित रहन उनले आग्रह गरेका छन् ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ । देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको माैसम यसप्रकार रहने छ –

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ८ गते (विहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोृरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । from:stv