सरकारले भदौ १ गतेदेखि हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

सोमवार बालुवाटारमा बसेको बैठकले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकिया अघि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषदको उक्त निर्देशनसँगै मन्त्रालयले अब सुरक्षाका आवश्यक मादपदण्ड पूरा गराई आन्तरिक उडान सञ्चालनमा ल्याउन तयारी थाल्नेछ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पेश गरेको थियो ।

नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत वर्ष चैत्र ११ गतेबाट हवाई सेवा बन्द गरेको थियो । from:stv