आज – ०४ साउन २०७७ (19 July 2020) आइतवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सहयोग पाईनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । परिवारसंग समय बित्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवस्यक छ । तर आर्थिक पक्ष भने सामान्य नै रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) लाभ, हानी, आय, व्यय, वरावरी मध्यम खालको दिनछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खनेकुरा खान पाईनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार धनार्जन हुनेछ । कृषि क्षेत्र सबल रहनेछ । साँझमा खर्च बढ्नेछ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो)