नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३६ वर्षीय एक पुरुषको आज कोरोनाले मृत्यु भएको हो ।

यसअघि नेपालमा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भइसकेको थियो । आज थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या ३९ पुगेको मन्त्रालयले जानकारी दिएको हो । from:stv