तनहुँमा पहिरोले दुई घर पुरिदा पाँच जना बेपत्ता भएका छन । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ८ मा गए राती गएको पहिरोले पाँच जना बेपत्ता भएका हुन् ।

रातीको समयमा गएको पहिरोमा परी दुई घरपरिवारका पाँच जना पुरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

घटनास्थलमा नेपाल प्रहरी पुगेको र बेपत्ताहरूको खोजि कार्य जारी रहेको उँहाले बताउनुभयो । नदीमा पानीको बहाब बढेकोेले नदी किनार आसपास पनि समस्यामा रहेको उहाँको भनाई छ । घट्नाबारे थप विवरण आउन बाकिँ रहेको छ । from:radionrn