संखुवासभाको सिलिचोङमा पहिरो खस्दा ११ जना बेपत्ता

निरन्तरको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर प्राप्त भएको संखुवासभाका डीएसपी नवराज मल्लले बताउनुभयो ।

डीएसपी मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । from:radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार