नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।

त्यसमध्ये ४ हजार ६ सय ५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मृतकको ३० संख्या पुगेको छ।

पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ८६ को २४ घण्टामा पीसीआर गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।