नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७१ महिलासहित ३ सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १३ हजार ५ सय ६४ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

प्रदेश २ मा सबैभन्दा बढी ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ महिलासहित ६० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसंगै अहिलेसम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या तीन हजार १ सय ९४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म कोरोनाबाट २९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमितमो मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ ।

५३ हजार ७० जना क्वारेन्टिनमा रहेका छन् । १० हजार ३ सय ४१ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म दुई लाख २८ हजार ३ सय ४१ वटा पीसीआर परीक्षण भएको छ ।