१३ असार २०७७, शनिवार (27th June 2020) को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शिक्षामा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपनापनि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आजबाट शुभ र नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने र खर्चसमेत बढ्ने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो)