कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६३ हजार २६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८७ लाख ९५ हजार ३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ५३ हजार ८२१ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ७७ हजार ९५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ९८ हजार १०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ४२४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १७ लाख १ हजार ११७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । ६८ हजार ८३० जनाको मृत्यु भएको छ । उत्तरर अमेरिकामा २६ लाख ६० हजार १५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । एक लाख ५२ हजार ५७३ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ९३ हजार ४२५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने एक लाख ८७ हजार १५८ को मृत्यु भएको छ । एसियामा १८ लाख ४१ हजार ८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४६ हजार ८४१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ८९ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने सात हजार ७१९ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । रासस