शनिबार थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।

सिरहामा उपचाररत २६ जना, बाँकेबाट ५४ जना, कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११ जना, सुर्खेतका १३ जना, दाङका ५ जनासमेत उपचार पछि निको भएर घर फर्किएको जानकारी मन्त्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यस्तै, डडेल्धुराका २ जना, अछामका ५ जना, दार्चुलाका २ जना, डोटीका ९ जना, धनगढीमा उपचाररत ८ जना, कैलालीको टीकापुरमा उपचाररत ४ जना, कैलालीकै १ जना, कञ्चनपुरका ६ जना, कैलालीकै ८ जना, चितवनमा उपचाररत ३ जना र नवलपरासी पूर्वमा उपचार गरी निको भएर ४ जना घर फर्कीएको मन्त्रालयले जानकारी दिएको हो।

योसहित नेपालमा हालसम्म १ हजार ५ सय ७८ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ३३१ जना नयाँ कोरोना संक्रमति थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६०५ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

गौतमका अनुसार सबैभन्दा धेरै डोटीमा ६१ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८/८, भक्तपुर, रौतहट र बर्दियाका ७/७ जना, दाङ र बाराका ४/४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २/२ जना, काठमाडौं, झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण कसैकोपनि मृत्यु नभएको पनि उहाँले बताउनुभयो। from:radionrn