हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पूर्वी उत्तर प्रदेशको भू(भागमा न्युन चापीय प्रणाली रहेको जनाएको छ ।

महाशाखाका अनुसार शनिवार दिउँसो सुदूर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरूमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। शनिवार राती सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरूमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने प्रदेश ५, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घन्टा भित्र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरूमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश का एक वा दुइ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ ।

ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।