कोरोना सङ्क्रमणको उच्च जोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बिहीबारसम्म काेराेना जितेर घर फिर्नेकाे सङ्ख्या तीन सय ३४ पुगेकाे जानकारी दिनुभयो ।

क्वरेण्टीन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पीसीआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

दैलेखमा कोरोना सङ्क्रमित सात सय २१ पुगेका छन् । झण्डै एक हजार जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस