बर्दियाको बारबर्दिया नगरपालिका-३ को क्वारेन्टिनबाट आर्डिटी टेष्टमा कोरोना नेगेटिभ देखएपछि घर गएका एक पुरुषको हिजो राति नै मृत्यु भएको छ। आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएका ४५ वर्षीय पुरुषको एक्कासी स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माका अनुसार जेष्ठ २२ गते काठमाडौं बाट बर्दिया आएका पुरुष १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए।

मृतक पुरुषको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको छ। मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ। परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। from: stv