आज – ०५ आषाढ २०७७ (19th June 2020) शुक्रवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज चुनौतीको सामना गर्दै काम बनाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) योजना कार्यान्यन नगर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने, चोरी हुने वा नष्ट होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश र जाँगर बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सुन्दर पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । छोटो यात्रा हुन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक कार्यमा कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साँझमा पैसा खर्च हुने योगछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो)