२०७७, २ असार मंगलवार: गण्डकी प्रदेशका ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा ४, गोरखामा १०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २, कास्कीमा १ र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

संक्रमित सबै भारतबाट फर्किएका शर्माले बताउनुभयो । संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उहाँले बताउनुभयो । from:radionrn