नेकपाका प्रमुख सचेतक देव गुरुङले पार्टीको निर्णय विना प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट एमसीसी पारित गराउन संविधानबाट बहुदलीय व्यवस्था पहिले हटाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले संविधानमा बहुदलीय व्यवस्था राखिएकाले कुनै पनि विषयलाई पार्टीको निर्णय विना प्रधानमन्त्रीलाई एक्लै अगाडी बढाउने अधिकार नदिएको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रमुख सचेतक गरुङले एमसीसी पैसाको विषय भन्दा पनि देशको स्वाधिनताको विषयसँंग जोडिएको बताउनुभयो । उहाँले ओरिकाले एमसीसी शैन्य गठबन्धनको पार्ट हो भनिरहेका बेला र पार्टीमा प्रश्न उठिरहेका बेला छलफल नगराई पास गराउन खोज्नु गलत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एमसीसी पार्टीमा छलफल नभई संसदले निर्णय गर्न सक्दैन । यो निर्दलीय व्यवस्था हैन । कित मल्टिपार्टी सिस्टममा जान्न भन्नुपर्यो । गर्ने नै भए संविधान संशोधन गरेर यो ननपार्टी सिस्टम हो भनेर प्रधानमन्त्री अगाडी जानुपर्छ । राज्यका महत्वपूण मुद्धाहरुको नितिगत निर्णय गर्ने थलो भनेको पार्टी हो ।’

गरुङले अमेरिकाले एमसीसी शैन्य गठबन्धनको पार्ट हो भनिरहेका बेला नेपालका नेताहरुले हैन भन्नु गलत प्रबृति भएको भन्दै नेपालको संविधान र परराष्ट्रनीतिले सैन्य संगठनमा जान नदिने भएकाले पैसाका लागि राष्ट्रिय स्वाधिनतालाई बेच्न नसकिने बताउनुभयो ।

उहाँले अहिले भइरहेको आन्दोलनको मुल्याकन गर्नुपर्ने बताउदै सडकमा जनता उत्रिए पनि यसको सार,भाव के हो र उदेश्य के हो भन्ने नदेखिएको बताउनुभयो । आन्दोलनमा उठेका धेरै कुरा गलत भएपनि कतिपय कुरालाई सरकारले समय अनुसार सुधार गर्दै लाने र सहि या गलतको आधारमा हेनुपर्ने बताउनुभयो ।

गुरुङले भन्नुभयो, ‘यो आन्दोलनमा राजनीतिक दलहरु सम्लग्न भएका छैनन् । प्रतिपक्षले नैतिक समर्थ गरेको हुन सक्छ । सत्ता पक्षकै कतिपयले पनि समर्थन जनाएका छन् । भ्रष्टाचारी देखियो भने कारवाही गर्छ । १० अर्बको खर्च सार्वजनिक उपयुक्त छैन् । महामारिएको विषयसँग जोडिएका विषयमा सरकारले सुधार गर्छ । भष्टाचारीको बारेमा पनि छानविन गर्नुपर्छ तर, पुष्टि भएपछि मात्रै कारवाही गर्नुपर्छ ।’ from:radionrn