सिरहाका संक्रमितमध्ये २० जनाले कोरोना जितेर आज मंगलबार घर फर्किएका छन् । सिरहा धनगढीमाई नपा ११ मा रहेको महेन्द्र गेनाई महिला तथा बाल अस्पताल आईसोलेसनमा रहेको कोरोना संक्रमितहरुको दोस्रो र तेस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरु घर फर्काइएका हुन् ।

उनीहरु सबै १८ देखि ४० वर्षका पुरुष रहेको जिल्ला अस्पताल सिरहाका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिए । सिरहामा जेष्ठ ३ थते पहिलो संक्रमण देखिएका सखुवानन्कारकट्टी गाउँपालिकाका युवकसहित पछिल्लो जेष्ठ १७ गतेसम्म आईसोलेशनमा आएकाहरुमध्येबाट २० जना निको भई घर फर्किएका डा.यादवले जानकारी दिए । उनकाअनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको बताए । डा.यादवले भने, ‘आज जाने सबैमा कुनै लक्षण देखिएन सै सिमटम लेश थिए ।’

उनीहरु सखुवानन्कारकट्टीका १ जना, भगवानपुरका ४, नवराजपुर १, पतारी गापाका १ जना, बडियारपट्टी गाउँपालिकाका ४ जना, औरहीका १, धनगढी २ जना र लहानका ४ जना रहेका छन् । त्यसैगरी, ओखलढुङ्गा १, रुपनी २, सप्तरीका १ जनासहित २० जना रहेका छन् । सप्तरी र ओखलढुङ्गामा दुवैजना सिरहामा कार्यरत प्रहरी हुन् । आज घर फर्केकामध्ये १ जना कत्तार, १७ जना भारत र २ जना प्रहरी कर्मचारी रहेको बताइएको छ ।

त्यसैगरी सिरहामा अहिलेसम्म पीसीआर जाँच भएका मध्ये ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये आजै १२ जनामा पोजेटिभ देखिएको हो । त्यसमध्ये सुखिपुर नपाका १, बडियारपट्टी गापाका १ परुष र सिरहा नगरपालीकाका ९ महिला र १ पुरुष रहेको जनाएको छ ।

सबैलाई आज एक कार्यक्रमको आयोजना गरी फूल गुच्छाले स्वागत गरी घर पठाइएको हो । सो अवसरमा धनगढीमाई नपाका मेयर हरिनारायाण चौधरीले सबैलाई घर पुगेर पनि १४ दिन अझै होम क्वारेन्टाइनमा बस्न र आफूले आइसोलेशनमा छँदा सिकेका कुरा समुदायमा बुझाउन अनुरोध गरे ।

विदाई कार्यक्रममा जिल्लाका स्वास्थ्य प्रमुख तथा सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । सबै पालिकाकाका क्वारेन्टाइनमा अहिले करिब १ हजार ३ सय जना रहेको प्रमुख जिल्ला अधिकारी सरोजराज गुरागाईँले जानकारी दिए । उनले भारतबाट दिनहुँ ठूलो संख्यामा मानिसहरु आइरहेकोले यो संख्या अझै बढ्न सक्ने अनुमान गरे । from:ratopati