नेपालमा आजमात्रै थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको

परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिए । from:radionrn