पाँचथर ।। पाँचथरमा पहिलाे चरणमा ६६ जना पत्रकारकाे काेराेना बिमा गरिएकाे छ । नेपाल पत्रकार महासंघ, पाँचथरकाे समन्वयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद भिष्मराज आङदेम्बेले गृह जिल्लाका पत्रकारहरुकाे काेराेना बिमा गरिदिएका हुन ।

काेराेनाकाे संक्रमण बढ्दै जाँदा फ्रण्टलाइनमा काम गर्ने पत्रकारहरु पनि असुरक्षित हुने भएकाेले उद्याेग, वाणिज्य तथा उपभाेक्ता हित सम्बध्द संसदीय समितिका पूर्व सभापति आङदेम्बेले गृह जिल्लाका पत्रकारहरुकाे काेराेना बिमा गर्न सहयाेग गरेकाे नेता आङदेम्बेले बताए ।

बिमाका कारण फिल्डमा काम गर्ने पत्रकारकाे मनाेबल बढ्ने विश्वास गर्दै उनले स्वास्थ्य सुरक्षा र सजगता अपनाई काम गर्नु पर्ने बताए । पत्रकार महासंघ, पाँचथरका लवदेव ढुंगानाका अनुसार क्रियाशील स्थानीय एफएम, पत्रिका र अनलाइनका पत्रकारहरु र राष्ट्रिय मिडियाका संवाददाताहरुकाे बिमा गरिएकाे छ ।

काेराेना बिमा गरिएका सबै पत्रकारकाे बिमा पाेलिसी पत्रकार महासंघलाई प्राप्त भएकाे अध्यक्ष ढुंगानाले बताए । बिमा गरिएका पत्रकारकाे पीसीआर परीक्षणमा पाेजेटिभ देखिएमा कम्पनीले एक लाख रुपैंया प्रदान गर्नेछ ।