कपिलवस्तु कारागारका एक कैदीको शनिबार मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ ।

खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले कहारलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताए ।

गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे खुल्न सकेको छैन । रासस