तेह्रथुमको आठराईमा क्वारेन्टाइनको डियुटीमा खटिएका एक शसस्त्र प्रहरी सहित भारतबाट आएकी एक महिलामा कोरोना पुष्टि भएको छ । शसस्त्र प्रहरीमा कार्यरत २९ वर्षीय प्रहरी जवान र भारतबाट आएकी २० वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको हो ।

आठराईको क्वारेन्टाइनमा राखिएका भारतबाट आएका १७ जना, नेपाल प्रहरीका १ जना र शस्त्र प्रहरीका १ जना गरि १९ जनाको स्वाव परिक्षणको लागि विराटनगर पठाइएको थियोे । जसमा २ जनाको कोरोना पोजेटिभ र १७ जनाएको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ ।

कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आठराई गाउँपालिका–४ घरभई भारतबाट आएकी महिला र सुनसरी घर भइ सक्रान्तिबजारमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । from:hamrosawal