पाँचथर ।। फाल्गुनन्द गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र राहत वितरण गर्दा गाउँपालिका संग समन्वय गरेर मात्रै राहत वितरण गर्न सरोकारवालालाइ अनुरोध गरेको छ । गाउँपालिले राहत वितरणमा एकद्धार प्रणाली लागु गरिसकेकोले फाल्गुनन्दका नागरिकलाइ राहत प्रदान गर्दा अनिवार्य गाउँपालिका संग समन्वय गर्न सबै दाताहरुलाइ गाउँपालिका अध्यक्ष विर बहादुर कुरुम्बाङले अनुरोध गर्नुभयोे ।

जो कोहीले पनी राहत प्रदान गर्न सक्ने तर यसको जानकारी र अद्यावधिक विवरण गाउँपालिकामा रहँदा मात्र पारदर्शी हुने भन्दै गाउँपालिकाले औपचारिक रुपमै सबैलाइ यस्तो आग्रह गरेको बताइएको छ ।

विशेष गरी कोरोना संकटको अवस्थामा थुप्रै सहयोगी दाताहरुले फाल्गुनन्द गाउँपालिकाका नागरिकलाई सहयोग गर्न देखाएको तत्परताको निम्ति गाउँपालिकाले धन्यवाद समेत दिएको छ ।