बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कोभिड-१९ को लक्षण देखिएमा मात्र स्वाब परीक्षण गर्न सल्लाह दिनुभएको छ।

उहाँले कोरोना परीक्षण गर्ने किट अभाव भएका समयमा लक्षण नदेखिएका र कोरोना जोखिमसम्बन्धी यात्राको इतिहास नभएकाहरुले परीक्षण गर्न आवश्यक नरहेको स्पष्ट गर्नुभयो।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका –४ मा रहेको कोरोना आइसोलेशन वार्ड भरिएका कारण थप कसैलाई राख्न नसकिने संयोजक भोला चौलागाईँले बताउनुभयो।

भारतबाट आएका ३७ जना र मकवानपुरका ४० जना भर्ना भएपछि अहिले वार्डमा थप भर्ना गर्ने अवस्था नरहेको उहाँले बताउनुभयो। from:radionrn