पाँचथर ०६ जेष्ठ ।। जिल्लाका कृयाशिल पत्रकारहरुको कोरोना भाइरस कोभिड १९ परिक्षण गरिएको छ । जिल्लाका १७ जना पत्रकारमा कोरोना परिक्षण गरिएको हो । जोखिमको अवस्थामा समेत अग्रपक्तिमा काम गर्नुपर्ने भएकोले परिक्षण को ब्यबस्था मिलाइएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेब ढुङगानाले बताए ।

९ जना पत्रकारको आरडिटी विधीबाट परिक्षण गरिएको छ भने ८ जना पत्रकारको पिसिआर विधिबाट परिक्षणको लागी स्वाब संकलन गरिएको छ । आरडिटि विधिबाट परिक्षण गरिएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको छ ।

पत्रकार महासंघ संगको समन्वयमा पत्रकारहरुमा कोरोना परिक्षणको ब्यबस्था गरिएको जिल्ला अस्पताका सुचना अधिकारी नारायण जोशिले जानकारी दिए । पहिलो चरणमा १७ जनामा गरिएको परिक्षण कार्यमा आवश्यकता अनुसार जिल्लाका सबै सञ्चारकर्मीलाई समेटिने नेपाल पत्रकार महासंघ पाँचथर शाखाले जनाएको छ ।