पाँचथर ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको बैठकले कोरोना महामारीको अवस्थामा आफ्ना सदस्यहरुको सदस्यता शुल्कमा छुट दिने निर्णय गरेको छ । सधै शाखाले राख्दै आएको ३ सय ५० रुपैया यो बर्ष नलिने निर्णय भएको शाखा अध्यक्ष लवदेव ढुङ्गानाले बताए ।

कोरोनाको महामारिमा पत्रकारलाई सानो भएपनी राहत होस भनेर यो निर्णय गरिएको शाखाले जनाएको छ ।

जन्मदिनमा अध्यक्षले मास्क बाँडे

यता नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङगानाले जन्मदिनको अवसरमा जिल्ला स्थित कृयाशिल सञ्चारकर्मीलाइ N 95 मास्क वितरण गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ पाँचथरशाखाकोे नवनिर्मित भवन परिसरमा उनले मास्क वितरण गरेका हुन् ।

जन्मदिनको अवसरमा उनले महासंघकै भवनको प्राङगणमा स्वेत चन्दनको विरुवा समेत रोपेका थिए । शाखा अध्यक्ष ढुङ्गानाले पाँचथर शाखाको भवन निर्माणमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र ब. आङबोको भूमिका प्रति प्रशंसा गर्दै थप अपुग सहयोगको समेत अपेक्षा गरेका थिए ।