लकडाउन जारी रहेकै बेला जिल्ला बाहिरबाट गाउँ छिर्ने र क्वारेन्टाइनमा नबसी सीधै घरै जाने क्रम बढेपछि कोभिड–१९ संक्रमणको जोखिम बढेको छ । बाटोमा अलपत्र परेका मानिसलाई गाडीबाट उद्धार गरिएपछि गाउँमा बाहिरबाट आउने क्रम बढेको हो । उनीहरूको विवरण पनि राख्ने गरिएको छैन ।

अहिले लकडाउनका कारण काठमाडौंमै रोकिएका हजारौं नागरिकहरुलाई संघिय तथा स्थानिय जनप्रतिनिधीले गाउँ ल्याइरहेका छन् । कैलालीमापनि काठमाडौंबाट हुलका हुल मानिसहरु कैलाली प्रवेश गरेका छन् ।

सुदूरपश्चिमको प्रवेशद्वार चिसापानीबाट ५ हजार बढी नागरिक कैलाली भित्रिएका छन् । कैलाली भित्रिएका नागरिकहरुलाई चेकजाँचनै नगरी सिधै घर पठाइएको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले टाढा–टाढाबाट आएका मानिसलाई जनप्रतिनिधिहरूले नै छुट्टै क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइन बस्न आग्रह गरिए स्विकारे ।

कञ्चनपुुरका जनप्रतिनिधीहरुलेपनि आफ्ना क्षेत्रका नागरिकहरुका लागी बस पठाएर भित्र्याएका छन् । तर त्यहाँका स्थानिय तहहरुलेपनि बाहिरबाट आउनेहरुलाई होम क्वारेन्टाइनमै बस्न निर्देशन दिएर पठाएका छन् । स्थानीय तहहरुले जिल्ला बाहिर रहेका नागरिकहरुलाई अहिले बसका बस पठाएर घर फर्काएपछि धेरैले चिन्ता ब्यक्त गरेका छन् ।

प्रशासनले स्थानिय जनप्रतिनिधीले जिम्मा लिनेगरी बाहिरबाट बस मार्फत सम्बन्धित स्थानिय तहमा मानिसहरुलाई पुर्याइएको जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उनिहरुको स्वास्थ्य परिक्षण देखी क्वारेन्टाइनमा राख्ने जिम्मा समेत स्थानिय तहकै रहेको बताए । from:stv