“देश रहेमात्र धर्म रहन्छ” भन्दै मुस्लिम युवाले लेखेको मनछुने स्टाटस भयो “भाइरल”

पाँचथर ।। उदयपुरमा ८ जना मुस्लिम समुदायमा कोरोना संक्रमण भेटिएपछी यो समुदाय प्रति कतिपयले गाली गलौज गरिरहेका छन् । पछिल्लो अनुसन्धानले उनिहरुबाट नभइ अर्कै ब्यत्तीबाट कोरोना भित्रिएको र उनिहरु संक्रमित भएको समेत पुष्टी भएको छ ।

फाल्गुणको पहिलो साता सप्तरिमा भएको मुस्लिमहरुको भेलामा सहभागी हुन पाँचथरबाट समेत यस समुदायका नागरिकहरु  गएको र उनिहरुको कोरोना परिक्षणको लागि आफुहरुले सरकारलाइ सहयोग गरेको पाँचथरको मुस्लिम समुदायले जनाएको छ ।  उनिहरु कसैमा कोरोनाको संक्रमण नरहेको समेत पुष्टी भैसकेको छ ।

यसै सन्दर्भमा पाँचथरमा अल्पसंख्यकको रुपमा रहेका मुस्लिम समुदायका  युवा फिरोज खानले आफ्नो फेसबुकमा लेखेको स्टाटस यतिबेला भाइरल भएको छ । उनले “देश रहे मात्र धर्म रहन्छ” भन्दै नेपाल बचाउन सरकारको निर्देशन पालना गर्न आफ्नो समुदायका सबैलाइ अनुरोध गरेका छन् ।

उनले लेखेको स्टाटसले थुप्रै शेयर र लाइक पाएको छ : हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार