बैतडी, वैशाख १० । आफ्नो बुवाको मृत्यु भएको चार दिन हुँदा पनि बैतडीका तीनजना मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् ।

भारतीय ‘क्वारेन्टाइन’मा रहेका बेला ती मजदुरहरुका बुवा बितेका हुन् ।

जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुवा बितेको चार दिन भएपनि नेपाल प्रवेश गर्न नपाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइनमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भइरहेको जनाएको छ ।

आइतबार बुवाको मृत्यु भएपछि उनीहरुलाई बुधबार (आज) नेपाल ल्याउने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

उनीहरुलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय गरिएको उनले बताए ।

उनीहरु तीनैजना पिथौरागढको गभर्रमेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसअघि, दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्ट आमाको मृत्यु भएपछि ६ दिनपछि नेपाल भित्रिएका थिए । Source : Imagekhabar