पाँचथर– भौतिक योजना तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले फाल्गुनन्द गाउँपालिकालाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री गाउँपालिकाले वितरण गरेको छ ।

मन्त्री नेम्वाङ मार्फत गाउँपालिकालाइ प्राप्त ४ थान इन्फ्रारेड थर्मो मिटर, गाउँपालिकाको वडा नं १ नवमीडाडाँ, वडा नं २ इम्बुङ, वडा नं ५ फाक्तेप घुर्विसे पञ्चमी र वडा नं ६ मेहेलबोटेमा स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु मार्फत परिचालन गर्ने गरी हेल्थ डेस्क संचालन गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले जानकारी दिए ।

उनका अनुसार यस अघि राँकेमा स्थापना गरिएको हेल्थ डेस्क सँगै फाल्गुनन्द गाउँपालिकामा ५ ओटा हेल्थ डेस्क सञ्चालनमा आएको छ । मन्त्री नेम्वाङले पठाएका सामाग्री मध्ये फाल्गुनन्द गाउँपालिकालाइ ४ हजार थान मास्क र ४ थान थर्मल गन प्रदान गरिएको थियो ।

पाँचथरबाट निर्वाचित मन्त्री नेम्वाङले आफ्नो गृह जिल्लाको लागि प्राइभेट प्रोटेक्टीभ इक्वुमेन्ट (पीपीई) सहित थर्मल गन, सर्जिकल मास्क तथा स्यानिटाइजर उपलब्ध गराएका हुन ।

उक्त सामग्री आठै स्थानीय तह, जिल्ला अस्पताल, दुई निजी अस्पताल, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयमा उक्त सामग्री प्रदान गरिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य अईन्द्र सुन्दर नेम्बाङका अनुसार नेकपा पाँचथरको समन्वयमा मन्त्रीको सक्रियता तथा सौजन्यमा उक्त सामग्री जिल्लाबासीका लागि आएको हो ।