बैशाख ७, २०७७: तेह्रथुम जिल्लामा शनिबार सम्म १ सय ५८ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मार्फत कोराना भाइरसको परीक्षण भएको छ । परिक्षण भएका मध्ये एक युवकमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

अन्य सबैको कोरोना (कोभिड–१९) नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय तेह्रथुमद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । क्वारेन्टाईनमा राखिएका र देश बाहिरबाट आएका नागरीकहरुको कोरोना (कोभिड–१९) को परीक्षण भएको हो ।

म्याङलुङ नगरपालिकामा हाल सम्म २६ जना, फेदाप गाउँपालिकामा २७ जना,आठराई गाउँपालिकामा १२ जना, लालीगुराँस नगरपालिकामा २९ जना, छथर गाउँपालिकामा ९ जना र मेन्छयायेम गाउँपालिकामा ५५ जनाको (आरडीटी) मार्फत कोराना (कोभिड–१९)को परीक्षण भइसकेको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो ।

सरस्वती मावि म्याङलुङमा ४० जना, पोक्लाबाङ स्वास्थ्य चौकी, फेदापमा ९ जना, शुक्रबारे दुग्ध चिस्यान केन्द्र छथरमा १४ जना, गौखुरी मावि मेन्छयायेममा २ जना र बसन्त मावि, बसन्तपुरमा ९ जना गरी जिल्लामा ७३ जनालाई क्वारेन्टाईनमा राखिएको छ । from:hamrosawal