पाँचथर ।। पाँचथर क्लबले राहत वितरण गरेको छ । क्लवका पदाधिकारीहरु मिलेर जम्मा गरेको ५० हजार रकमले बिपन्न परिवारका लागि २० किलो चामल, दुई किलो दाल, १ लिटर तेल, २ किलो नुन प्रतिपरिवार बितरण गरेको क्लवका सचिव योगराज सेढाइले जानकारी दिए ।

फिदिम नगरपालिकाको वडा नम्बर १, २ र ४ मा बसोबास गर्ने नागरिक मध्येका बिपन्न परिवारका लागि राहत प्रदान गरिएको हो । यसरी राहत वितरण गर्दा सामाजिक दुरी कायम गरेर राहत वितरण गरिएको छ ।

फिदिम क्षेत्रका ३१ परिवारकालागि तयार गरिएको राहत बितरणका लागि फिदिम २ बसपार्कमा संकलन स्थल बनाइएको थियो । कम्तीमा दुई मिटरको दुरी रहने गरी तयार पारिएको राहत बितरण स्थलमा एक जना मात्रै पुगेर राहत लिने ब्यवस्था मिलाईएको थियो ।

विपन्न नागिरकलाइ दैनिकी चलाउन नै धौ धौ परिरहेको देखेपछी कम्तीमा १५ दिन सम्म खानका लागि पुग्ने सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष निशान सिवाकोटीको भनाइ रहेको छ ।