खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका सबै ९४ जनामा कोभिड(१९ नेगेटिभ देखिएको छ। विभिन्न देशबाट आएकाहरूको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना परीक्षण नेगेटिभ आएको जानकारी दिनुभएको हो । सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको क्वारेन्टाइनमा राखिएको थियो ।

यसैबीच, प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको छ। उहाँले काठमाडौं र उपत्यका बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भइरहेको बताउनुभयो । from:radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार