२०७६, ११ चैत्र मंगलवार :छिमेकी मुलुक चीनलाई यसअघि एक लाख मास्क सहयोग गरेको सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् । स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन शुरु भएको उहाँले बताउनुभयो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।