नेपालगञ्जको जुत्ता चप्पल उद्योगमा भिषण आगलागी भएको छ । जानकी गाँउपालिका–३ खजुरारोड स्थित जय श्रीराम उत्पादन ईण्डष्ट्रिज प्रालिमा गएराति १ बजेको समयमा आगलागी भएको हो ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एव प्रहरी उपरीक्षक वीरबहादुर ओलीले ठुलो क्षतीलाई कम गर्न सफल भएको बताउनुभयो ।

उहाँले अनुसार आगलागी भएको १० मिनेटमै पुगेको प्रहरी टोलीको प्रयासले बिहान मात्र सबै क्षतीलाई नियन्त्रणमा ल्याउन सफल भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज बिमानस्थल र बर्दियाबाट गरी ५ वटा दमकलको सहायतमा प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रमुख ओलीले जानकारी दिनुभयो ।

विद्युत शर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीले गोदाम घरमा क्षती भएको छ ।