यस वर्षकाे हाेली । हिमाली तथा पहाडी जिल्लामा आज (सोमबार) रङ खेलेर मनाइँदै छ। वर्षभरिका दुःख पीडा भुलेर रमाउने यस पर्वकाे राैनक भने यस वर्ष खासै देखिएकाे छैन ।

विश्वभर फैलिरहेकाे कोरोना भाइरसको संक्रमणकाे जाेखिम नेपालमा पनि उच्च रहेकाे भन्दै सरकारले हाेली नखेल्न भनेपछि सामूहिक रूपमा खेलिने हाेली यसपटक खासै देखिएकाे छैन ।

काठमाडाैंमा वसन्तपुर क्षेत्रमा पनि हाेलीकाे राैनक कम छ । विदेशी पर्यटकले भरिभराउन हुने ठमेल लगायतका क्षेत्रमा पनि हाेलीका कार्यक्रमहरू भएका छैनन् ।

विश्व स्वास्थ्य संगठनले नै नेपाललाई पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको देश घोषणा गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ।

तराईमा भने फागुपूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ। खबरमञ्च