२०७६, २२ फाल्गुन : रामेछाप जिल्लामा चालु आर्थिक वर्षमा १५ सयभन्दा बढीले वैदेशिक रोजगारीका लागि राहदानी पत्र लिएका छन् । चालु आर्थिक वर्ष २०७६-०७७ को साउनदेखि हालसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय रामेछापबाट वैदेशिक रोजगारीका लागि १५ सय ९१ जनाले राहदानी पत्र लिएका हुन् ।

ती मध्ये राहदानी लिनेमा ४ सय ५० जना महिला रहेका छन् भने ११ सय ४१ जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालयलय रामेछापले जनाएको छ । जिल्ला बाहिरबाट राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालयबाट सामान्य र द्रूत गरी जम्मा ४ हजार १ सय १२ जनाले सिफारिस लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार जिल्लाभन्दा बाहिरबाट राहदानी लिनका लागि १७ सय २८ जनाले साधारण सिफारिस र २३ सय ८४ जनाले द्रूत सिफरिस लिएका छन् । साधरण सिफारिस लिनेमा महिलातर्फ ४ सय ९७ जना रहेका छन् भने पुरुषतर्फ १२ सय ३१ जना रहेका छन् ।

यसैगरी, जिल्ला भन्दा बाहिरबाट राहदानी लिनका लागि ५ सय ९२ महिला र १७ सय ९२ जना पुरुषले दू्रत सिफारिस लिएका छन् । गत आर्थिक वर्ष २०७५-०७६ को पुरै अवधिमा २२ सय ६३ जनाले राहदानी लिएका थिए ।

जिल्ला प्रशासनका कार्यालय राहदानी शाखाका अनुसार जिल्ला भन्दा बाहिरबाट राहदानी लिनका लागि २३ सय ७२ जनाले साधारण सिफारिस लिएका थिए भने ३३ सय ३१ जनाले द्रूत सिफारिस लिएका थिए ।

from:radionrn