पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको संसद पद निलम्बन फुकुवा भएको हो ।

अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो। सभामुख अग्‍नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी गराएका छन्।

खबरमञ्च