२०७६, २५ माघ शनिबार : नेपाली कांग्रेसका सभापति देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट प्रभावित भएर आफ्नो पार्टीका नेतामाथी ललिता निवास जग्गा प्रकरणको आरोप लगाएको दावि गर्नुभएको छ ।

आज रामेछापको सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रममा देउवाले भ्रष्टचारीलाई कारवाही गर्नुपर्ने सरकार आफै भ्रष्टचार गर्न तल्लीन भएको आरोपपनि लागाउनुभयो ।

यस्तै उहाँले कार्मचारी कसैको निर्देशन र धम्किमा नभई विधिको शासनमा चल्नु पर्नेमा जोड दिनुभयो । कुनैपनि कर्मचारी राज्यबाट तलब भत्ता खाएर संचालन हुने बताउदै उहाँले राज्यकै नागरिकको सेवामा लाग्न अनुरोधपनि गर्नुभयो ।

विधिको शासनमा नचल्ने कुनै पनि सरकारी कर्मचारीहरुलाई कडा कारवाहि हुने चेतावनी दिनुभयो । यस्तै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मिडिया काउन्सिल विधेयक र्फिता लिन माग गर्नुभयो ।

शार्माले अहिलेको सरकार नागरिकको बोल्न पाउने अधिकार कुण्ठित पार्ने खेलमा लागेकाले सो विधेयक र्फिता गराउन आम जनताहरुलाइ एकहुन आग्रह पनि गर्नुभयो ।

from:radionrn